अमेरीकाः सन् २००५ मा फ्लाइङ्ग फिदर एल्बमबाट सांगीतिक यात्रा सुरु गरेका लोकप्रिय गायक प्रणय राणाले आफ्नो तेस्रो गीतिएल्बम ‘मन’ सार्बजनिक गरेका छन् । अमेरिकाको एटलान्टामा आयोजित एक भब्य सांगीतिक समारोहमा गायीका इन्दिरा जोशी, उनकी धर्मपत्नि र उनी स्वयंले संयुक्त रुपमा एल्बम बिमोचन गरेका थिए ।
एल्बममा पप लोकपप र रक शैलीका ७ वटा गीतहरू समाबेश छन् । जस मध्ये ६ वटा गीतहरू नेपालमा रेकर्ड गरिएको हो भने एउटा अमेरिकामा रेकर्ड गरिएको हो । सैनिक पृष्ठभूमीको परिवारमा जन्मिएका उनले करिब ७ वर्ष नेपाली सेनामा बिताए । त्यही समय उनले आफ्नो संगीतिक करियरर्ला पनि उचाइमा पुर्याउन सफल भएका हुन् ।
गायीका इन्दिरा जोशिले अमेरिकाको व्यस्त दैनिकीमा पनि समय निकालेर नेपाली संगीतलाई प्रणयले दिएको योगदान सबै संगीतकर्मीको लागि गर्वको बिषय भएको बताइन् । एल्बममा रहेका गितहरूमाथि नेजाका महासचिव किरण मरहठ्ठा, लेखक तथा व्यवसायी सलाम सिंहलामा, संचारकर्मी प्रेम बानिया र आइएनएलएस जर्जीया च्याप्टरका अध्यक्ष किरण मनिकेले टिप्पणी गरेका थिए ।
प्रकाशित मिति: शनिबार, कात्तिक १६, २०७६