काठमाडौं । प्रदेश नम्बर २ ले छठ पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ । कात्तिक १६ र १७ गते परेको यस वर्ष छठको अवसरमा प्रदेश सरकारले आफ्नो क्यालेन्डरमा दुवै दिन बिदा दिने उल्लेख गरेको हो।
संघीय सरकारले पहिलो दिन मात्रै बिदा दिए पनि मधेसी समुदायमा छठलाई विशेष पर्वका रुपमा मनाइने भएकाले प्रदेश सरकारले दुई दिन बिदा दिएको हो। छठमा साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजन कीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ।
यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १५, २०७६