काठमाडौं । संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुव्र्यवहार गरेको अभियोगमा पक्राउ परेका कृष्णबहादुर महराको थुनछेक बहस सुरु भएको छ ।
शुक्रबार काठमाडौं जिल्ला अदालतमा महराको बयान लिएपछि थुनछेक बहस सुरु भएको हो । जिल्ला अदालतका मुख्य न्यायाधीश सुदर्शनराज पाण्डेले महराको बयान लिएको बताइएको छ ।
थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पूर्पक्षका लागि कारगार चलान गर्ने अदालतले फैसला गर्ने छ ।
मुलुकी अपराध संहिताको दफा २१९ (३) अनुसार १८ वर्षभन्दा बढी उमेरकी महिलासँगको करणीमा न्यूनतम ७ देखि अधिकतम १० वर्षसम्म कैदको व्यवस्था छ । सार्वजनिक पद धारण गरेको व्यक्तिले कसुर गरेकाले अभियोगपत्रमा थप डेढी सजाय माग गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १५, २०७६