काठमाडौं । नेपाल–भारतको समन्वयात्मक बैठकका सहभागीहरू सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न सहमत भएका छन् ।
एक देशमा अपराध गरी अर्को देशमा गएर लुक्ने अपराधीबारे सूचना आदानप्रदान गर्नेबारे समेत बैठकमा सहमती भएको महाकाली नगरपालिकाका कार्यक्रम अधिकृत भानुदेव भट्टले बताए ।
बैठकमा नेपालका तर्फबाट महाकाली नगरपालिकाका नगरप्रमुख वीरबहादुर सुनार, उप प्रमुख चिनी गिरी, सुरक्षा निकायका प्रतिनिधि र भारतका तर्फबाट भारतीय सीमा सुरक्षाबलका सहायक डिपुटी कमाण्डर सुनिल सिंह रावत, नौजलिया एसएवि क्याम्पका इन्सपेक्टर सयन्त सरकार लगायतको सहभागिता थियो ।
कार्यक्रमको आयोजना युएनडिपीको सामाजिक सदभाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रमको सहयोग तथा सञ्जीवनी नेपालले आयोजना गरेको हो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १५, २०७६