काठमाडौं: होटल एसोसियसन संघ नेपालले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर आफ्नो प्याकेज घोषणा गरेका छन्।
तिहारअगाडि नै बसेको बैठकले भ्रमण वर्षलाई लक्षित गरेर पर्यटकलाई रुम र खानामा छुट दिने योजना अघि सारेको हो। होटल एसोसियसन संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहका अनुसार भ्रमण वर्षमा नेपाल आउने पर्यटकको लागि खानामा १५ प्रतिशत छुट र रुममा ३० प्रतिशत छुटको व्यवस्था गरिएको हुनेछ।
सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकोमा हानले यस्तो प्याकेज घोषणा गरेको हो। ‘हामीले गर्नै पर्छ भन्खे बाध्ययता थिएन राष्ट्रको स्वार्थको अगाडि हाम्रो स्वार्थ कम गरेर यस्तो प्याकेज घोषणा गरेका हौ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १४, २०७६