काठमाडौं । १० जना आरोहीले आमाडब्लम हिमालको सफल आरोहण गरेका छन् । ओखलढुङको खिजेदेम्बा गाउँपालिकाका ५ जना र ५ विदेशी आरोहीले बुधबार सफल आरोहण गरेका हुन् ।
५ हजार ८ सय १२ मिटर अग्लो आमाडब्लम हिमालको सफल आरोहण गरेको आरोही पासाङ शेर्पाले जानकारी दिएका छन् । आरोहण दलमा ११ जना भए पनि १ जना विदेशी नागरिकले आरोहण गर्न नसकेको शेर्पाले बताए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १४, २०७६