काठमाडौं: पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी हुँदा ४६ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् ।
राजधानी कराँचीबाट रावलपिंडीतर्फ गइरहेको तेजगाम एक्स्प्रेसको रेलमा बिहीबार बिहान आगलागी भएको हो । पाकिस्तानी सञ्चार माध्यमहरूले सिलिन्डर विस्फोटका कारण आगलागी भएको जनाएका छन् । लियाकतपुरमा पुगेपछि भएको आगलागीमा रेलका ३ वटा डब्बा जलेका छन् । आगो नियन्त्रणमा आएकाले अन्य डिब्बा भने आगलागी हुनबाट जोगिएका छन् ।
घटनामा ४२ घाइते भएकामा उनीहरूको लियाकतपुरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १४, २०७६