अमेरिकी सैन्य कारबाहीमा चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस)का प्रमुख अबु बक्र अल बग्दादी मारिएकाे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै घोषणा गरेका थिए । स्पेस फोर्ससँगै रहेका विज्ञले डीएनए टेष्ट गरेर मृतक बग्दादी भएको पुष्टि गरेको उनले बताए । तर डीएनए टेष्ट गर्ने क्रममा बग्दादीको कुन बस्तुसँग म्याच गरियो त ? यो ट्रम्पले बताएनन् ।
बग्दादी मारिएकाे डीएनए जाँचमार्फत पुष्टि गर्न सकियोस् भनेर आफ्ना जासुसले बग्दादीको अण्डरवेयर चोरेको कुर्द नेतृत्वको सिरियाली डेमोक्रेकिट फोर्स (एसडीएफ)ले बताएकाे छ ।
एसडीएफका सिनियर कमाण्डर पोलाट क्यानले सोमबार ट्वीट गर्दै भनेका छन्, ‘हाम्रा मानिसहरुले बग्दादीको अण्डरवेयर ल्याएका थिए ताकि डीएनए टेष्ट गरेर पत्ता लगाउन सकियोस् कि जसको मृत्यु भयो उनी बग्दादी नै हुन् ।’
जबकी अमेरिकी राष्ट्रपति ट्रम्पले यो अपरेसनमा कुर्दको भूमिकालाई महत्वका साथ उल्लेख गरेका थिएनन् । उनले भनेका थिए, उनीहरुको सूचनाले हामीलाई सहयोग गर्यो तर सैन्य कारबाहीमा उनीहरुको कुनै भूमिका थिएन ।’
प्रकाशित मिति: बुधबार, कात्तिक १३, २०७६