अर्जेन्टिनाले नयाँ राष्ट्रपति पाएको छ। अर्जेन्टिनामा भएको चुनावमा विपक्षी दलका नेता अल्बर्टो फर्नान्डेज राष्ट्रपति पदमा निर्वाचित भएका हुन।
उनले राष्ट्रपति पदका प्रत्यासी कन्जरभेटिभ पार्टीका उम्मेदवार मौरिसियो म्याक्रीलाई पराजित गर्दै राष्ट्रपति पद जितेका हुन्। अर्जेन्टिना यतिबेला आर्थिक संकटमा रहेको छ। त्यहाँका एक तिहाई जनता गरिवीको चपेटामा छन्।
चुनाव जितेपछि आइतबार साझ उनले आफ्ना प्रतिद्वन्द्वीलाई समेत निम्ता गरी आर्थिक संक्रमणको समस्या समाधानका बारेमा छलफल गर्ने बताएका थिए। चुनावी अभियानमा फर्नान्डेजले ‘शून्य गरिवी’को नीतिलाई आफ्नो मुख्य एजेन्डा बनाएका थिए। फर्नान्डेज ६ महिना अघि मात्रै देशको राजनीतिको केन्द्रमा आएका थिए। उनले छोटो समयमै अजर्नेन्टिनी जनताको मन जितेका छन्। एजेन्सीहरुकाे सहयाेगमा
प्रकाशित मिति: सोमबार, कात्तिक ११, २०७६