काठमाडाैं । प्रहरीले धेरै ठूलाे नगदसहित जुवाखालबाट २५ जुवाडेलाई नियन्त्रणमा लिएकाे छ । काठमाडौँ महानगरपालिका वडा नं ३ पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरीवृत्त महाराजगन्जको टोलीले शनिबार राति २ करोड ६७ लाख रुपैयाँ नगदसहित २५ जुवाडेलाई पक्राउ गरेको हाे ।
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले ठूलो मात्रामा हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा कौडासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका जुवाडेहरुमा बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ छन् । यसैगरी हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा छन् । उनीहरुलाई कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएकाे छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १०, २०७६