म्यानमारको जातीय रखाइन विद्रोही समूहले शनिबार देशको पश्चिमी क्षेत्रबाट ४० सुरक्षाकर्मीको अपहरण गरेका छन् ।
जातीय युद्ध लड्दै आएका विद्रोहीले काममा खटिएका प्रहरी तथा सैनिक अधिकारीहरूको अपहरण गरेको सैनिक प्रवक्ता जा मिनतुनले बताएका छन् । अपहरणमा परेका सुरक्षाकर्मीको खोजीका लागि सेनाले हेलीकोप्टर तथा स्थल अपरेसन सञ्चालन गरेको बताइएको छ । यद्यपि, अहिलेसम्म अपहरणमा परेकी ती सुरक्षाकर्मीहरू फिर्ता गराउन सकिएको छैन ।
विद्रोहीसँग सम्पर्कका लागि सेनाले प्रयास गरिरहेको बताएको छ । तर, स्थापित हुन सकिरहेको छैन । रखाइन बुद्धमार्गीहरूको स्वतन्त्रताका लागि संघर्ष गर्दै आइरहेको संगठन हो ।
प्रकाशित मिति: आइतबार, कात्तिक १०, २०७६