समाजवादी पार्टीका कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवलाई सरकार छाड्न पार्टीभित्रबाट चर्काे दबाब परेको छ । राष्ट्रिय जनता पार्टी नेपालले सरकार छाड्ने निर्णय नगरेसम्म समाजवादी पार्टीसँग एकीकरण प्रक्रिया अगाडि नबढ्ने सर्त राखेको छ ।
पार्टीभित्रै पनि कार्यकर्ता पंक्तिबाट सरकार छाड्न पार्टी नेतृत्वलाई दबाब परेको छ । पार्टीले कात्तिक २९ र ३० गते बोलाएको केन्द्रीय समितिको बैठकमा सरकार छाड्न/नछाड्ने विषयमा गम्भीर छलफल हुने पार्टी उपाध्यक्ष रेणु यादवले जानकारी दिइन् । आजको नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १०, २०७६