काठमाडौं । देशका प्रायः स्थानमा अहिले चिसाे बढेकाे छ । माैसम खुलेकाे छैन, पानी पर्न लागेस्ताे माैसम भएकाे छ ।
अहिले प्रदेश नम्बर–१, २, ३ र गन्डकी प्रदेशका थोरै स्थानमा मौसम सामान्यदेखि पूर्ण बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अरब सागरमा बनेको ‘क्यार’ नामक चक्रवातको आंशिक प्रभाव नेपालमा पनि परेको हो । बंगालमा विकसित भएको न्यूनचापीय प्रणाली पनि त्यसमा मिसिएकाले नेपालका केही ठाउँमा सामान्य वर्षा हुने सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ । यस्तै केही हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेकाे बताइएकाे छ ।
वर्षा भइहाले पनि धेरैबेर नभई क्षणिक वर्षाको मात्रै सम्भावना देखिन्छ रहेकाे माैसमविद्काे भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ८, २०७६