राैतहट । इटाभट्टामा जिउँदै मान्छे हालेर हत्या गरेकाे आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका निलम्बित सांसद अफ्ताब आलमलाई ८ दिन थप थुनामा राख्न अदालतले अनुमति दिएकाे छ । बिहीबार उनलाई थुनामा राखेने म्याद सकिएपछि आलमलाई आज शुक्रबार जिल्ला अदालत रौतहटमा पेस गरिएको थियो ।
रौतहटका न्यायाधीश केशवराज पाण्डेको इजलासले आलमविरुद्धको अनुसन्धान नसिकएपछि अदालतले थप ८ दिनको म्याद दिएको हो। १२ वर्षअघि इँटाभट्टामा जलाएर २ जनाको हत्या गरेको अभियोग लागेका सांसद मोहम्मद अफ्ताब आलमलाई असोज २६ गते प्रहरीले पक्राउ गरेको थियो ।
२०६४ चैत २७ राति रौतहटको राजपुर खरदवामा भएको बम विस्फोटको घटनामा संलग्न भएको उनीमाथि आरोप लागेको छ।
सोधपुछका लागि तत्कालीन इन्सपेक्टरलाई राैतहट बाेलाइयाे
यसैगरी राजपुर बमकाण्डका आरोपी कांग्रेसका सांसद मोहम्मद अलताफ आलम प्रकरणमा सोधपुछ गर्न प्रहरी अधिकृतहरुलाई रौतहट बोलाइएको छ ।
१२ वर्षअघि भएको संविधानसभा निर्वाचनका क्रममा रौतहट–२ का तत्कालीन कांग्रेस उम्मेदवार आलमको घर नजिकै भएको बम बिष्फोटको घटनापछि सरूवा भएका र सुरुमा अनुसन्धान गरेका प्रहरी अधिकृतलाई सोधपुछका लागि बोलाइएको हो ।
चुनावका बेला राजापुर क्षेत्रमा खटिएका तत्कालीन इन्सपेक्टर इन्द्र सुवेदी र घटनाको अनुसन्धान गरेका इन्सपेक्टर राजीव बस्नेतलाई त्यो बेलाको घटनाबारे थाहा भएका कुरा सोधपुछ गर्न रौतहट प्रहरीले प्रदेश–२ का प्रहरीलाई चिठी लेखेर सुवेदी र बस्नेतलाई बोलाउनुपर्ने भनेपछि उनीहरुलाई बोलाइएको रौतहटका एसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ८, २०७६