दमक । झापाको दमक–६ स्थित डिम्याक्स कम्प्लेक्सको निर्माणाधीन भवनको लिफ्टले थिचेर पाँचथर घर भई दमक– ८ मा बस्दै आएका ३० वर्षीय सन्तोष मगरको मृत्यु भएको छ ।
लिफ्ट मर्मत गर्ने क्रममा लिफ्ट अकस्मात चलेपछि ग्रिलको काम गरिरहेका मगरलाई लिफ्टले थिचेको थियो ।
बिहान साढे ८ बजेतिर सो दुर्घटनामा सख्त घाइते भएका मगरलाई दमकस्थित लाइफलाइन अस्पतालमा पुर्याए भए पनि उपचार हुन नसकेपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ७, २०७६