काठमाडौं । भिटेन नामले चर्चित र्यापर तथा गायक समिर घिसिङ प्रहरीले पक्राउ गरेको छ । सामाजिक सद्भाव खल्बलाउने गीत गाएको भन्दै महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई आज पक्राउ गरेको हो ।
हामी यस्तै त होनि ब्रो बोलको गीतमा प्रयाेग भएका शब्दका कारण उनलाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ। उनकाे गीतमा पुलिस चौकीभित्र बस्छु, दारु खाँदै मस्ती गर्छु जस्ता शब्द प्रयाेग गरिएका छन् ।
यसअघि यस्तै गीत गाएको आरोपमा दुर्गेश थापालाई प्रहरीले पक्राउ गरी माफी मागेर गीत हटाएपछि छाेडेकाे थियाे ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ७, २०७६