काठमाडाैं । अन्नपूर्ण आधार शिविरको पदयात्रामा निस्केका १ पर्यटकको कास्कीको अन्नपूर्ण गाँउपालिका–११, देउराली बेसक्याम्प नजिकै मृत्यु भएको छ ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका ५ पर्स्याङका १८ वर्षीय सञ्जय खनाल छन् । हिउँको चट्टान फुटेर खसेको पहिरोले पुरिएर मृत्यु भएको कास्की प्रहरीले जनाएको छ। बुधबार बिहान पौन १२ बजेतिर भएको घटनामा परि पस्र्याङकै १८ वर्षीय निरन्जन कोइराला र पोखरा फूलबारीका २० वर्षीय सन्तोष बास्तोला घाइते भएका छन्। उनीहरुको अहिले मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था गम्भीर छ।
मृत्यु भएका खनालको शव भने ल्याउन सकिएको छैन । मौसमकाे खराबीका कारण आज शव ल्याउन नसकिएकाे र भोलि मात्रै उनको शव पोखरा ल्याइने प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक ६, २०७६