काठमाडाैं । चाबहिलस्थित केएल टावर नजिकै पुरानो घर भत्काउने क्रममा संरचना खस्दा २ जना घाइते भएका छन् ।
घर भत्काउने काम गर्ने मजदुर रामबहादुर कुँवर र नजिकैको खाजा घरमा काम गर्ने जीवन मगर घाइते भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । दुवै जनाको मित्रपार्कस्थित दीर्घायु गुरु अस्पतालमा उपचार भइरहेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए ।
घाइतेमध्ये १ जनाको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । १ जनाको आकस्मिक र १ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक ६, २०७६