सिन्धुपाल्चाेक । भोटेकाेसी गाउँपालिका–४ हिन्दीमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
आज बिहान हिन्दीका ६० वर्षीय गोरे श्रेष्ठलाई करेन्ट लागेपछि उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार छिमेकी रुक्मिणी कार्कीको भूकम्पले भत्काएको २ तल्ले घरको छतमा रहेको पानी ट्यांकी राख्ने स्ट्यान्ड लिन जाँदा करेन्ट लागेको थियो ।
स्ट्यान्डलाई फलामको भर्याङबाट तल झार्ने क्रममा नजिकै रहेको थ्री फेज लाइनमा छुन जाँदा गारेलाई करेन्ट लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
घाइते भएका श्रेष्ठलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसे पुर्याइएकामा उपचारकै क्रममा उनकाे मृत्यु भएको हो ।
प्रकाशित मिति: बुधबार, कात्तिक ६, २०७६