काठमाडौं । धनुषामा आज गोली चल्दा १ जनाकाे मृत्यु भएकाे छ । गोली लागेर जनकपुर उपमहानगरपालिका १ का मनोज साहको मृत्यु भएको हाे ।
जनकपुर उपमहानगरपालिका १४ स्थित विद्युत प्राधिकरण नजिक रहेको पंकज चौधरीको घरमा नै गोली प्रहार भएको हो ।
उनीहरुबीच लेनदेनको विषयमा विवाद हँदा गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले बताए ।
हत्याको अभियोगमा पंकज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक ६, २०७६