इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहराको प्रहरी चौकी नजिकै निर्माणाधीन ६ लेन सडकको कल्भर्टमा डुबेर आज १ जनाको मृत्यु भएको छ ।
कल्भर्टमा डुबेर हाँसपोसा सामुदायिक वन पछाडि बसोबास गर्दै आएका ९० वर्षीय झपडबहादुर बस्नेतको मृत्यु भएको तरहरा प्रहरी चौकीले जानकारी दिएको छ ।
तरहराको क्षेत्रीय कृषि अनुसन्धान केन्द्रको खेतमा घाँस काट्न जाँदा लडेर सडकको नालामा डुबेर उहाँको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सडकमा पानी जमेका कारण यसअघि पनि खनारमा एक बालकको शव फेला परेको थियो ।
यसैबीच इटहरी उपमहानगर–४ बाट बेच्न राखेको पटकासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरी–४ बस्ने विवेक बराललाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हाे ।
उनको घरमा रहेको कास्या ट्रेडर्सबाट ३० बन्डल पटकासहित पक्राउ गरेको हो । सो पटका करिब १ लाख १० हजार रुपैयाँ मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६