काठमाडाैं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज भने सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २.४० विन्दुले बढेर १ हजार १ सय ३४.७९ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.५० विन्दुले बढेर २ सय ४८.४९ विन्दुमा पुगेको छ ।
कारोबार रकम सोमबारकै हाराहारीमा रह्याे । कुल १ सय ५५ कम्पनीको ६ लाख ४५ हजार ४ सय ५३ कित्ता सेयर १६ करोड ५२ लाख ९६ हजार ५ रुपैयाँ बराबरको कारोबार भएकाे छ । स्टकका अनुसार कारोबार भएका कुल ११ उपसमूहमध्ये ६ उपसमूहको सेयर बढेको छ भने ५ उपसमूहको सेयर ओरालो लागेको छ । बैंकिङ ४.४५, विकास बैंक १.६२, जलविद्युत् १.३७, उत्पादन ९.४५, लघुवित्त १.२७, जीवन बीमा १९.०६ विन्दुले बढेको छ ।
यस्तै होटल ७.९९, वित्त ०.३, निर्जीवन बीमा १७.७१, अन्य ३.४३ र सामूहिक लगानी कोष ०.०१ विन्दुले घटेको छ । स्टकका अनुसार आज कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा छ । सो बैंकको १ करोड ३२ लाख २३ हजार ५५ रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ । यस्तै प्रभु बैंक १ करोड ३ लाख १५ हजार ६ सय ३, एनआईसी एसिया बैंक ९४ लाख ६३ हजार ८ सय ४६, एभरेस्ट बैंक ८६ लाख ९८ हजार १७, एनसीसी बैंक ६१ लाख ७१ हजार ५ सय ७, नेपाल इन्भेस्टमेन्ट बैंक ५८ लाख ६० हजार ६ सय १८ रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार लक्ष्मी इक्विटी फन्ड ५.३०, हिमालयन डिस्टिलरी ३.९९, सूर्या लाइफ इन्स्योरेन्स ३.४६, सिद्धार्थ इन्स्योरेन्स २.९४ र विजय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले २.५६ प्रतिशतले कमाए ।
यस्तै, एभरेस्ट बैंक लिमिटेड ४.९६, रिलायन्स फाइनान्स ४.४२, सगरमाथा इन्स्योरेन्स ४.०७, आशा लघुवित्त वित्तीय संस्था ४.०५, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ३.९६ र एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.३३ प्रतिशतले गुमाए । रासस
प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६