काठमाडाैं । सरकारले दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ बोलको गीतमा खानपानलाई अतिरञ्जित गर्दै नेपालीको संस्कृतिलाई नै विकृत बनाउने गरी शब्दहरु प्रयोग गरिएकाले प्रतिबन्ध लगाई प्रसारण तत्काल बन्द गर्न निर्देशन दिएको छ ।
उक्त गीतमा कानूनबमोजिम नेपालमा प्रतिबन्धित लागुऔषध गाँजा सेवनलाई युवामा प्रोत्साहन हुने गरी सङ्गीत भरेर दृश्य छायाङ्कन गरी समाजमा गलत सन्देश फैलाउने कार्य गरेकाले प्रतिबन्ध लगाइएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गृहमन्त्रालयले पत्राचार गर्दै थापाले आफ्नो युट्यूब च्यानलमा सार्वजनिक गरेको उक्त गीतमाथि आमसञ्चारमाध्यममा प्रतिबन्ध लगाई प्रसारण तत्काल बन्द गर्न निर्देशन दिएको छ ।
यसअघि थापालाई प्रहरीले पक्राउ गरी उक्त गीत हटाएपछि रिहा गरिसकेकाे छ । यद्यपि अन्य युट्युब च्यानलबाट भने उक्त गीत अझै हटेकाे छैन ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६