काठमाडौं । ह्याप्पी तिहार चिसाे बियर गीत गाएकाे आरोपमा पक्राउ परेका गायक दुर्गेश थापा रिहा भएका छन् ।
आफ्नो गीतमा बियर र गाँजा खान उक्साउने विषय रहेको गायक दुर्गेश थापाले स्वीकार्दै युटुबबाट गीत हटाएपछि प्रहरीले उनलाई रिहा गरेकाे हाे ।
तिहारको लागि भन्दै युटुबमा सार्वजनिक गरेको उनको ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको गीतमा गलत शब्द रहेको भन्दै सार्वजनिक रुपमा विज्ञप्ती जारी गर्दै माफी माग्ने बताएका छन् ।
दुर्गेशको रिहाइको विषयमाजानकारी दिँदै महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले भने– ‘उनले सार्वजनिक रुपमा माफी माग्ने बताएका छन् । आफ्नो गीत पनि युटुबबाट हटाइसकेका छन । अब फेरी पनि यस्तै खालको यस्तै गल्ती नदोहोर्याउने शर्तमा उनलाई छाडिएको हो ।’
प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६