काठमाडौं । पछिल्लाे समय चर्चित गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई बालाजुबाट पक्राउ गरेको हो ।
महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार थापालाई अहिले टेकुमा राखिएको छ । उनले हालै युट्युबमार्फत सार्वजनिक गरेको गीतका विषयमा उजुरी परेपछि प्रहरीले गायक थापालाई पक्राउ गरेको हो ।
गायक थापाले ‘ह्याप्पी तिहार चिसो बियर’बोलको गीत युट्युबमा राखेका छन् । गीतमा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने अंश समावेश भएकाले साे गीत विवादित बनेकाे थियाे । गीतमा तिहारको बेला बियर खानुपर्ने प्रचार गरेका कारण सामाजिक सञ्जालमा पनि गीतको चौतर्फी आलोचना भइरहेको छ ।
प्रशासनको आग्रहमा गायक थापालाई प्रहरीले पक्राउ गरेको हो । युट्युबबाट गीत हटाए थापालाई छाडिदिने अन्यथा थुनामा राख्ने महाशाखाका प्रमुख थापाले बताए ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६