तस्बिरमा : प्रहरीले लहान बसपार्कबाट बरामद गरेकाे सुर्ती ।
लहान । प्रहरीले करिब ५० हजार रुपैयाँ बराबरको पटाकासहित २ जनालाई आज पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय महेशबारीको टोलीले पटकासहित भारतीय सिमावर्ती क्षेत्रबाट सिरहाको भगवानपुर गाउँपालिका निवासी २६ वर्षीय अनिलकुमार चौधरी र २० वर्षीय रोहित साहलाई पक्राउ गरेको हो ।
यस्तै प्रहरीले सिरहाको लहान नगरपालिका–३ स्थित पुरानो बसपार्कबाट आज बिहान ३ बोरा अवैध सुर्ती बरामद गरेको छ । भारतबाट नम्बर प्लेट नभएको रातो रङको ग्ल्यामर मोटरसाइकलमा लोड गरी ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले अवैध सुर्ती बरामद गरेको हो ।
प्रहरी टोलीलाई देखेपछि तस्करहरू सामान छाडेर फरार भएकाे र सुर्ती बरामद गरिएकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६