हालसालै काठमाडौँमा ‘द इनर पाथ’ नामक २ दिने बुद्धिस्ट फिल्म फेस्टिभल सम्पन्न भयो । फेस्टिभलका लागि काठमाडौँमा रहेका अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फेडेरेसनका महानिर्देशक माले के सिन्हासँग हामीले बुद्धको जन्मभूमि र बुद्धिस्टहरुको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय संस्थाका उद्देश्य र योजनाबारे जिज्ञासा राखेका थियौँ । भारतको उच्च सरकारी सेवामा लामो समय काम गरी केही समयअघि अवकास पाएका सिन्हाको यो भनाइ बुद्धभूमिका बारेमा भारतको आधिकारिक भनाइ हुने बुझेर हामीले उनीसँग छोटो भिडियो कुराकानी गरेका छौँ । प्रस्तुत छ सिन्हासँग गरिएको भिडियो संवाद :
प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०७६