काठमाडौँ । अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फेडेरेसनको अयोजनामा काठमाडौँमा २ दिने बुद्धिस्ट चलचित्र महोत्सव सम्पन्न भएको छ । ‘द इनर पाथ नाम’मा सञ्चालन गरिएको महोत्सवमा विभिन्न भाषाका चलचित्रहरु प्रदर्शन गरिएका थिए । २ दिन चलेको महोत्सवमा साउन्ड अफ साइलेन्स, सेभेन ओन्डरस अफ बुद्धिस्ट वल्र्ड, माई सन तेन्जेन, ए थाउजेन्ड मदर्स, सर्चिङ फर मिराकल, बोधगया र लुम्बिनी नामका विभिन्न चलचित्रहरु प्रदर्शन गरिएको थियो ।
बौद्ध धर्म, यसका अनुयायी र यसका पवित्र धार्मिक स्थलको जानकारी दिने उद्देश्यले आयोजना गरिएको यस महोत्सवमा नेपाल, भारत लगायतका विभिन्न देशबाट सहभागिता थियो । महोत्सवमा बौद्ध धर्मका नेपाल र भारतका वरिष्ठ भिक्षु, भिक्षुणी मात्र नभई विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वको सहभागिता थियो ।
यसअघि भारतमा सम्पन्न भइसकेको यस प्रकारको महोत्सव नेपालपछि विश्वका अन्य देशमा सञ्चालन गरिने आयोजकले जनाएको छ । महोत्सवमा सहभागी हुन नेपाल आएका भारतीय डेलिगेट्सहरुलाई महोत्सवको अन्तिम दिन बौद्धनाथ विकास समितिले बौद्धनाथ स्तुपामा स्वागत समेत गरेको थियो ।
प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०७६