रौतहट । रौतहट जिल्ला अदालतले विस्फाेटका घाइतेलाई इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका कांग्रेस सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
आइतबार रौतहट जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले आलममाथि अनुसन्धान गर्न पाँच दिनको म्याद दिएको हो ।
सांसद आलमलाई पहिलो संविधानसभाको निर्वाचनको क्रममा २०६४ चैत २७ गतेको बम काण्ड र त्यसका घाइतेको हत्याको मुख्य आरोपी ठहर गर्दै प्रहरीले असोज २६ गते इद्रिस गेट नजिकैबाट प्रहरीले पक्राउ गरेको थियो ।
सांसद आलमलाई यसअघि जिल्ला अदालतले अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।
प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०७६