काठमाडौं: महोत्तरीको बर्दिबास नगरपालिका–१२ का वडाध्यक्ष रामकिशोर साहले सेवाग्राहीलाई कुटेका छन् । न्याय माग्न वडा कार्यालय गएका बिजलपुराका सुनिल कुमार महतोलाई उनले कुटेर घाइते बनाएको आरोपमा उजुरी परेको छ ।
प्रहरीले वडाध्यक्षविरुद्ध उजुरी दर्ता गर्न नमानेपछि पीडितले हुलाकमार्फत उजुरी पठाएका थिए ।दुई साताअघि पीडित महतोले चोरलाई कारबाही गर्न वडा कार्यालयमा निवेदन दिएका थिए ।
गत मंगलबार वडा कार्यालयले सुनिललाई यस विषयमा छलफलमा बोलाएको थियो । छलफलमा विवाद भएपनि वडाध्यक्ष र उनका भाई राजकुमारले महतोलाई कुटपिट गरेका हुन् । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०७६