काठमाडौै: मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमबाट आएको पश्चिमी वायुले नेपालको मौसममा आंशिक प्रभाब देखिएको छ । आज देशैभरि सामान्य देखि पूर्ण बदली रहेको छ ।
आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदलि रहि देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। आज राती देशभर सामान्य बदलि रहि मध्य र पुर्वका थोरै स्थानमा र पश्चिमका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०७६