काठमाडौं: सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चिनियाँ अभिनेत्री सी छिङलाई नेपाल भ्रमण वर्ष २०२० को लागि नेपाल सरकारले चिनियाँ हलिउड अभिनेत्री सु चिङ्गलाई सद्भावना दूत नियुक्त गरेकाे छ।
सोसल मिडियामा कराेडाैं फलाेअर भएकी चिङ्गलाई आज होटल सोल्टीमा प्रमाणपत्र हस्तान्तरण गर्दै दूत नियुक्त गरिएको हो। चिङ्गलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले फूलको गुच्छा दिएका थिए भने राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले प्रमाणपत्र हस्तान्तरण गरेका थिए।
चिनियाँ राष्ट्रपतिले नेपाल आएको बेला घोषणा गरेका थिए– नेपाल भ्रमण वर्ष २०२० लाई सघाउँछौं । र, लगत्तै उनले नेपाल पठाए आफ्नो देशकी विख्यात नायिका सू छिङलाई शनिबार राजधानीको सोल्टी होटलमा एक समारोह बीच सूलाई नेपालको गुडविल एम्बेसडर घोषणा गरियो ।
प्रमाणपत्र लिएपछि बोल्दै चिङ्गले नेपाल गौतम बुद्धको देश भएको र नेपाल भ्रमण वर्ष २०२० को लागि सद्भावना दूत बन्न पाउँदा खुशी लागेको बताइन्।
मन्त्री योगेशले नायिका सूको मावली नेपाल हो भने । उनको भनाई थियो– ‘नायिका सू नेपालकै चेली भृकृटीकी छोरी हुन् र नेपाल उनको मावली हो । नायिका सू ले चिनियाँ लगायत अन्य देशका नागरिकलाई मावली देश भ्रमणको लागि आग्रह गर्ने विश्वास लिएको छु ।’
नेपाल भ्रमण वर्ष २०२० सचिवालयका संयोजक सुरज वैद्यले सूलाई कार्यक्रमसँग जोड्न पाउँदा खुशी लागेको बताए । भ्रमण वर्ष कार्यक्रमसँग जोडिने प्रस्ताव नायिका सूले स्वीकार्नु अत्यन्त्यै सकारात्मक रहेको बताउँदै उनले भने –‘नेपाल भ्रमण वर्षले आजदेखि नयाँ फड्को लिने अपेक्षा गरेको छु, अब गुणात्मक फड्को मार्छ भन्ने अपेक्षा गरेको छु’
प्रकाशित मिति: शनिबार, कात्तिक २, २०७६