काठमाडौं: देशको पश्चिमी भुभागमा आंशिक देखि सामान्य बदली तथा मध्य र पुर्वमा आंशिक बदलि रहेको छ ।
आज दिउँसो देशभरी आंशिक देखि सामान्य बदलि रही अपरान्ह पछि पहाडी भुभागका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
आज राती देशको पुर्वी भुभागमा आंशिक देखि सामान्य बदलि र मध्य तथा पश्चिमी पहाडी भु-भागमा आंशिक बदली रही पूर्वी र मध्य पहाडी भुभागका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।
प्रकाशित मिति: शनिबार, कात्तिक २, २०७६