सियोल: दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाकी छोरी जेनानी मण्डेला–डामिनी दक्षिण कोरियाको राजदूतमा नियुक्त भएकी छन् । गत अक्टोबर २ मा दक्षिण कोरियाको सियोल पुगेकी जेनानीले बिहीबार कोरियाली विदेश मन्त्रालयका पदाधिकारीहरुसँग पहिलो भेटघाट गरिन् ।
योनहाप समाचार समितिसँग कुरा गर्दै राजदूत जेनानीले आफूले दक्षिण कोरियामा सेवा गर्ने मौका पाएकामा खुशी लागेको बताउँदै दुई देशबीचको द्विपक्षीय सम्बन्ध अझ प्रगाढ बनाउन आफूले सक्दो कार्य गर्ने स्पष्ट गरिन् ।
यसअघि उनले पाँच वर्षसम्म दक्षिण अफ्रिकाका लागि अर्जेन्टिनाको राजदूत र मरिससका लागि उच्चायुक्तको जिम्मेवारी सम्हालीसकेकी छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १, २०७६