काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् ।
अध्यक्षका प्रत्यासी कुल आचार्यलाई पराजित गर्दै पन्त विजयी भएका हुन् । गोरखाका पन्त जर्मनीमा होटल व्यवसाय सञ्चालन गरेर बसेर्का व्यक्ति हुन्
नयाँ नेतृत्वको लागि भएको निर्वाचनको मत गणना सकिएसंगै निर्वाचन समितिले नतिजा सार्वजनिक गर्न लागेको जनाइएको छ । मतगणना सकिए पनि औपचारिक घोषणा गर्न भने बाँकी छ।
४२ पदका लागि ७६ जना प्रतिस्पर्धी रहेकाे निर्वाचनमा २ हजार ३ सय ४१ मत खसेको थियो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १, २०७६