काठमाडौं: गैरआवासीय नेपाली संघ (एनआरएनए) को ४० प्रतिशत मतगणना सकिएको छ । बिहीबार सम्पन्न निर्वाचनको शुक्रबार बिहान सम्ममा ४० प्रतिशत मतगणना सकिएको एनआरएनए स्रोतले जनाएको छ ।
जारी मतगणनामा कुमार पन्तले अग्रता बनाएका छन् । एनआरएनए स्रोतका अनुसार, पन्तले आफ्ना प्रतिस्पर्धी कुल आचार्यलाई ७० मतले पछि पारेका छन् ।
निर्वाचनमा ४२ पदका लागि ७६ जना प्रतिस्पर्धी रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १, २०७६