काठमाडौं: मुलुककै प्रमुख औद्योगिक क्षेत्र र मार्ग पथलैया–वीरगञ्ज व्यापारिक मार्ग विस्तार योजनाको निर्माण सन्तोषजनक नभए कम्पनीहरुलाई कारबाही गरिने भएको छ ।
समयमा नै काम सम्पन्न नगरेर पटक पटक म्याद थपेपनि कामले गति लिन नसकेपछि प्रशासनले अनुगमन गरी कारबाही थाल्ने भएको हो ।
पाँचवटा योजनाको दुई पटक थपिएको म्याद पनि सकिएको र तेस्रो पटकको म्याद थप गर्न निवेदन दिएपछि मन्त्रालयको निर्देशनमा बारा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारीले अनुगमन थालेका हुन् ।
बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, आयोजनाका ईन्जिनियर अरुणकुमार कर्ण, प्राविधिक र पत्रकार लगायतको टोलीले गरेको अनुगमनमा ठेकेदार कम्पनीले सन्तोषजनक काम नगरेको पाइएको छ । आजको कारोबार दैनिकमा समाचार छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १, २०७६