दि रोयल स्पेनिस फुटबल फेडेरेसनले बार्सिलोना र रियल मड्रिडबीचको ‘एल क्लासिको’ स्थगित गरेको छ । पहिलो एल क्लासिको क्याटलान क्लब बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा २६ अक्टोवरमा हुने तय थियो । क्याटलोनियामा राजनीतिक अस्थिरताको कारण देखाउँदै एल क्लासिको खेल स्थगित गरिएको हो ।
दि रोयल स्पेनिस फुटबल फेडेरेसनले पहिलो एल क्लासिको डिसेम्वरमा गराउने प्रस्ताव गरेको छ । यसका लागि दुई क्लब, ला लिगा र स्पेनिस फुटबल फेडेरेसनबीच नयाँ मितिका लागि सोमबार छलफल हुने बताइएको छ ।
बिहिबार समेत आन्दोलनकारी र सुरक्षा निकायबीच झडपका घटना भएका थिए । सोही कारण बार्सिलोनाको घरेलु मैदान नाउ क्यापमा अक्टोबर २६ हुने तय भएको प्रतियोगिता स्थगित गरिएको हो ।
विविध विकल्पमा छलफल गर्दै स्पेनिस फुटबल महासंघले एल क्लासिको रियल मड्रिडको मैदान सार्न प्रस्ताव गरेको थियो । तर दुवै क्लबले सो प्रस्तावलाई अस्विकार गरेको थिए । ला लिगाका अनुसार आगामी सोमबार नयाँ मितिका बिषयमा निर्णय हुन सक्नेछ । तर डिसेम्बर १८ को नयाँ मिति प्रस्ताव गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १, २०७६