गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि भएको निर्वाचन प्रक्रियाअन्तर्गत केहीबेरअघि मतदान सकिएको छ । बिहान १० बजेदेखि शुरु भएको मतदान साँझ ६ बजेसम्म चलेको थियो । शान्तिपूर्ण रुपमा मतदान सकिएको र केहीबेरपछि मतगणना शुरु हुने सङ्घका महासचिव बद्री केसीले जानकारी दिएका छन् ।
निर्वाचनमा शुरुमा विद्युतीय मेशिनबाट मतदान हुने भनिएपनि विवाद भएपछि मतपत्र प्रयोग गरिएको थियो । निर्वाचनमा ४२ पदका लागि ७६ जना प्रतिस्पर्धी छन् । नयाँ नेतृत्वका लागि अध्यक्षमा कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा भइरहेको छ भने महासचिवमा जानकी गुरुङ र डा हेमराज शर्माले उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचनले दुई वर्षका लागि ४२ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।
निर्वाचनमा करीब दुई हजार ५०० मतदाता रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६