साउदी अरबको मदिना प्रान्तमा बुधबार भएको सडक दुर्घटनामा ३५ जनाको ज्यान गएको छ।
साउदी अरबको हादसा अल-अखलमा बुधबार बेलुका भएको दुर्घटनामा परी बसमा सवार ३९ मध्ये ३५ जनाको ज्यान गएको हो।
स्थानीय प्रहरीका अनुसार प्रवासि सवार बस दुर्घटनामा परेको हो। बस अनियन्त्रीत भएर ट्रकसँग ठोक्किदा दुर्घटना भएको हो। मृत्यु हुनेमा एशिया र अरब मूलका नागरिक बढि रहेको बताइएको छ। घाइतेहरूको अल-हमना अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६