काठमाडौं: मानव अंग मृर्गौला किनबेच गरेको अभियोगमा निदान अस्पतालका सीइओ सहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मानव बेचबिखन व्यूरोको टोलीले विशेष सूचनाका आधारमा पाँच जनालाई नियन्त्रणा लिएको हो।
प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोले अस्पतालका सीईओ विपेन्द्र प्रधान, अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, अस्पतालका डाक्टर राजेश पन्त, मृगौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत रामचन्द्र आलेलाई पक्राउ गरेको हो।
उनीहरुले नक्कली आफन्त खडा गरेर मृगौला किनबेच गरिएको प्रहरीको अनुसन्धानमा देखिएको छ। बिरामीलाई मृगौला आवश्यक परेमा रगतको नाता पर्नेले मात्र दिन मिल्ने कानुनी व्यवस्था छ।
उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: बुधबार, असोज २९, २०७६