‘छ’ नाम लक्की मान्ने नेपाली फिल्म क्षेत्रका दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल र केदार घिमिरेकाे शक्तिशाली समुहले ‘६ एकान ६’ बाट सुरु भएको सहकार्य हाल प्रदर्शनरत फिल्म ‘छ माया छपक्कै’ सम्म कायम छ भने अर्काे वर्ष दशैंका लागि नयाँ फिल्म बनाउने भएका छन् ।
छ माया छपक्कै फिल्मको लाइफटाइम कलेक्सन १२ देखि १५ करोडको आसपास हुने अनुमान गरिएको छ । रोहित अधिकारी फिल्मका निर्माता हुन् । भने, दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । फिल्ममा राजनीति पृष्ठभूमिमा प्रेम बुनिएको छ ।
वर्षमा एउटा फिल्म निर्माण गर्ने दीपक-दीपा टिमले अर्को वर्ष ‘छन् गेडी सबै मेरी’ ल्याउँदैछ । फिल्मलाई निर्देशक सिमोस सुनुवारले निर्देशन गर्दैछन् । फिल्ममा उनकै लगानी रहनेछ । दीपक-दीपाको समुहले नाफाको ६० प्रतिशत लिने सर्तमा यो फिल्म गर्न लागेको हो ।
फिल्मको फागुन अन्तिमबाट छायांकनमा जाने बताइएको छ । फिल्मको कथा प्रदीप भारद्धाजले लेखिरहेका छन् । अर्को वर्षको दशैंमा फिल्म प्रदर्शन गर्ने तयारी छ ।
प्रकाशित मिति: बुधबार, असोज २९, २०७६