गुणस्तर परीक्षण गर्न संकलन गरिएको झन्डै एक करोड रुपैयाँको सुन गायब भएको छ । सुनचाँदीमा मिसावट भएको आशंकासहित तत्कालीन वाणिज्य तथा आपूर्ति विभागले संकलन गरेको करिब १ किलो ७४ ग्राम सुनको गहना विभागबाटै गायव भएको हो ।
सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्यका अनुसार विभागले २०६९ सालदेखि अनुगमन र परीक्षण गर्ने भन्दै गहनाको नमुना संकलन गरेको थियो ।
संकलन गरिएको नमुना भने व्यवसायीले फिर्ता पाएका छैनन् । अनुगमन टाेलीले एउटै पसलबाट डेढदेखि २ ताेलासम्म सुनका गहना संकलन गरेका थिए । आजको कान्तिपुरमा समाचार छ ।
प्रकाशित मिति: बुधबार, असोज २९, २०७६