सर्वोच्च अदालतले गाईसहित गोरु बाच्छाबाच्छी संरक्षण गर्नुपर्ने दायित्व राज्यको भएको भन्दै तीनकाे हत्यामा संलग्न वा अकाल मृत्यका कारक बन्नेलाई कारबाही गर्न परमादेश जारी गरेको छ ।
गाईगोरु संरक्षण तथा सडकमा छोड्नेलाई कारबाही माग गर्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिट निवेदनमा फैसला गर्दै न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र पुरुषेत्तम भण्डारीको इजलासले ‘संविधानतः राष्ट्रिय जनावर घोषित गाईसहित गोरु बाच्छाबाच्छी संरक्षण गर्न’ परमादेश जारी गरेको हो ।
स्नेहाज केयरले छाडा गाईवस्तु संरक्षण माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, पशुसेवा विभाग, वन तथा वातावरण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई विपक्षी बनाउँदै रिट दायर गरेको थियो ।
मंगलबार सार्वजनिक फैसलाको पूर्णपाठमा गाई संरक्षण धार्मिक तथा सांस्कृतिक रुपमा समेत अत्यन्त महत्त्वपूर्ण भएको र ंविधान एवं कानुनी रुपमा समेत राज्यको दायित्व भएको उल्लेख छ आजको राजधानी दैनिकमा समाचार छ ।
प्रकाशित मिति: बुधबार, असोज २९, २०७६