सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र नयाँ सभामुखको उम्मेदवार टुंगो लाग्न नसक्दा रिक्त सभामुख चयन प्रक्रिया अन्योलमा परेको छ ।
नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच यसविषयमा छलफल भए पनि कसलाई उम्मेदवार बनाउने विषयमा कसैले प्रस्ताव गरेका छैनन् ।
तर, सभामुख बनाउने विषयमा तत्कालीन एमाले र माओवादी तर्फका नेताले आ–आफ्नो तरिकाले पार्टीभित्र लबिङ सुरु गरेका छन् ।
संविधानको धारा ९१ लो सभामुख र उपसभामुख एकजना महिला र फरक दलको प्रतिनिधि हुनुपर्ने उल्लेख गरेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति: बुधबार, असोज २९, २०७६