कानुन बनाउने महत्त्वपूर्ण जिम्मेवारीमा रहेका जनप्रतिनिधि एकपछि अर्को गरी पक्राउ पर्न थालेका छन् । यौन दुर्व्यवहारदेखि व्यक्ति हत्याजस्ता जघन्य अपराधमा तानिनुले नेताहरुमा नैतिकताको प्रश्न उठ्न थालेको छ ।
‘ल मेकर नै ल ब्रेकर भएपछि यस्ता घटना दोहोरिरहन्छन्,’ विश्लेषक चन्द्रदेव भट्ट भन्छन्, ‘आममान्छेले सोच्न पनि नसक्ने घटनामा सांसदको नाम जोडिएर नियमितजसो पक्राउ पर्नुले राजनीतिमा नैतिक आचरणको खडेरी परेको प्रस्ट हुन्छ ।’
सांसद नै एकपछि अर्का काुननविपरीतका कार्यमा संलग्न भएका घटना सार्वजनिक हुनुले संसदकै बदनामी भइरहेको विश्लेषक बाउँछन् ।
यौन दुर्व्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पद मात्र गुमाएनन्, प्रहरी हिरासतमै पुगेका छन् ।
कांग्रेसका तर्फबाट रौतहट निवाचन क्षेत्र नम्बर २ बाट निवाचित मोहम्मद अफताब आलम १२ वर्षअघिको हत्या घटनामा तानिएका छन् । आइतबार पक्राउ परेका उनी पनि हिरासतमै छन् ।
राष्ट्रिय जनता पार्टी (राजपा नेपाल)का तर्फबाट सर्लाही निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रमोदकुमार साहलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
सांसदहरुको यस्तो गैरकानुनी कार्यले राजनीतिप्रति गलत सन्देश गइरहेको टिप्पणी हुँदै आएको छ । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति: बुधबार, असोज २९, २०७६