अन्तराष्ट्रिय क्रिकेट परिषदले सोमबार नेपाल क्रिकेट संघको सदस्यता निलम्बन फुकुवा गरेको छ। दुबईमा सम्पन्न आईसीसी बोर्ड बैठकले ससर्त क्यानको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो।
आईसीसीले जारी गरेको बिज्ञप्तीमा छ, सरकारी हस्तक्षेप र निस्पक्ष र स्वतन्त्र चुनाब नगरी आईसीसीको नियम उल्लंघन गरेपछि २०१६ मा भएको क्यानको सदस्यता निलम्बन ससर्त पुनर्स्थापित भएको छ । यहि महिनाको सुरूमै १७ सदस्यीय केन्द्रिय कार्यसमिति चयनसंगै क्यानको सदस्यता पुनर्स्थापित गर्ने बाटो खुलेको छ ।
नेपालमा भएको प्रगतिलाई ध्यानमा राख्दै अब नेपाल क्रिकेट संघको एसोसिएट सदस्यता मापदण्डको पूर्ण अनुपालन गर्न सहयोग गर्ने एउटा संक्रमण योजना तयार गरिनेछ, मनोहरले भनेका छन्, जसमा नियन्त्रित कोष पनि समावेश हुनेछ।
काठमाडौंमा गत असोज १० र ११ सम्पन्न साधारण सभाले को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । आईसीसीका अध्यक्ष शशांक मनोहरले नेपालको प्रगतिलाई ध्यानमा राख्दै आगामी योजना अघि बढने बताएका छन् ।
साढे तीन बर्ष अघि चन्दकै अध्यक्षता निर्वाचित क्यानलाई तत्कालीन राखेप सदस्य सचीव केशवकुमार बिष्टले मान्यता नदिएर तदर्थ समिति बनेपछि क्रीकेटको विवाद चर्किएको थियो। क्यान विवाद सर्बोच्चअदालतमा पुगेको थियो। पछि आईसीसीले सरकारी हस्तक्षेप तथा स्वतन्त्र र निस्पक्ष चुनाव नभएको भन्दै क्यानको सदस्यता निलम्बन गरिदिएको थियो।
प्रकाशित मिति: मंगलबार, असोज २८, २०७६