इंग्ल्यान्डले युरोकप छनोटमा बुल्गेरियामाथि प्रभावशाली जित निकालेको छ । इंग्ल्यान्डले घरेलु टोली बुल्गेरियामाथि ६–० को प्रभावशाली जित निकालेको हो ।
इंग्ल्यान्डले पहिलो हाफमै ४–० को आरादायी अग्रता लिदा दोस्रो हाफमा थप दुई गोल गर्न सफल भएको थियो । खेलको सातौ मिनेटमा रासफोर्डको गोलबाट इंग्ल्यान्डले खेलमा अग्रता लिएको थियो । २०औं मिनेटमा बार्कलीले गोल गर्दै अग्रता दोब्बर पारे ।
३२ औं मिनेटमा बार्कलीले ह्यारी केनको पासमा व्यक्तिगत दोस्रो गोल गर्दा इंग्ल्यान्डले खेलमा ३–० को अग्रता बनायो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा रहिम स्ट्रलिङले कप्तान केनको पासमा गोल गर्दा इंग्ल्यान्डले पहिलो हाफमै ४–० को आरामदायी अग्रता लिन सफल भयो ।
६९औं मिनेटमा रहिमले केनकै पासमा गोल गरेपछि इंग्ल्यान्ड घरेलु टोलीविरुद्ध फराकिलो जिततर्फ अग्रसर बन्यो । ३ गोलका लागि असिस्ट दिएका कप्तान रहिमले ८५औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई ६–० को फराकिलो जित दिलाए । घरेलु टोलीले भने कुनैपनि समय इंग्ल्यान्डको पोस्टमा गतिलो आक्रमण बुन्न सकेन ।
जितसँगै समूह ‘ए’ मा इंग्ल्यान्ड ६ खेलबाट १५ अंक जोडेर शीर्षीथानमा रहेको छ । पराजित बुल्गेरिया ३ अंकसहित पुछारमा छ ।
प्रकाशित मिति: मंगलबार, असोज २८, २०७६