स्टार ग्यारेथ बेलले गोल गरेपछि वेल्सले विश्वकपको उपविजेता क्रोएसियासँग अंक खोस्न सफल भएको छ । बेलको गोल सहयोगमा वेल्सले क्रोएसियालाई १–१ गोलको बराबरीमा रोक्न सफल भएको हो । क्रोएसियाका निकोला भ्लासिकले गोल गरेका थिए ।
कार्डिफ सिटी स्टेडियम आइतबार राति भएको खेलको नवौ मिनेटमा निकोला भ्लासिकले गोल गर्दै क्रोएसियालाई खेलमा अघि बढाएका थिए ।
पहिलो हाफको अन्तिम समयमा बेलले बराबरी गोल फर्काए । दोस्रो हाफमा क्रोएसियाले घरेलु टोलीलाई दवावमा राखेपनि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।
बराबरीसँगै क्रोएसिया ७ खेलबाट १४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । वेल्स ८ खेलबाट ८ अंक जोडेर चौथो स्थानमा रहँदै छनोट हुने सम्भावना जीवितै राखेको छ ।
प्रकाशित मिति: सोमबार, असोज २७, २०७६