काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलम रौतहटबाट पक्राउ परेका छन् । उनी रौतहट क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन् ।
पूर्व श्रम तथा यातायात व्यवस्था मन्त्री रहसकेका आलमलाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।
विसं २०६४ सालमा बम बनाउने क्रममा पड्केर घाइते भएका केही व्यक्तिलाई आलमले इटा भट्टामा पोलेर मारेको अभियोग लागेको थियो। सर्वोच्च अदालतले २०६९ मा दोषी प्रमाणित गर्दै उनलाई पक्राउ गर्न आदेश दिएको थियो।
प्रकाशित मिति: आइतबार, असोज २६, २०७६